Loading...
Disable Preloader

क्यान महासंघ स्याङ्जाको आठौँ साधारण सभा सम्पन्न

मिति २०७५ असोज २० गते क्यान महासंघ स्याङ्जाको वार्षिक साधारण सभा कृष्ण बस्यालको अध्यक्षता, वालिङ् नगरपालिकाका नगरप्रमुख श्री दिलिप प्रताप खाँणको प्रमुख आतिथ्यतामा वालिङ् नगरपालिकाको सभाहलमा सम्पन्न भयो । उक्त कार्यक्रममा क्यान महासंघ नेपालका सचिव श्री जगन बहादुर गुरुङ्ग, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष श्री शोभाकान्त पौडेल, क्यान महासंघ कास्कीका अध्यक्ष श्री गुणनिधि पाण्डे, पूर्व अध्यक्ष श्री चण्डीप्रसाद अर्याल लगायत विशिष्टि अतिथिहरुको उपस्थिति एवम् कार्यक्रमको सञ्चालन क्यान महासंघ जिल्ला शाखा, स्याङ्जाका उपाध्यक्ष श्री मणी प्रसाद अर्यालले गर्नुभएको थियो ।