मिति २०७३।१२।१९ गते क्यान महासंघ, स्याङ्जाले आजको बढ्दो परिस्थितिलाई मध्यनजर गर्दै Cyber Crime: Today's Challenges विषयक एकदिने गोष्ठि जिल्लाका प्रहरी प्रमुख लगायत अन्य प्रहरीहरु साथै विभिन्न संघ संस्थाका प्रमुख, मानवअधिकारकर्मी, पत्रकार लगायत सम्बन्धित सरोकारवालाहरुलाई साईबर क्राइम सम्बन्धी एक दिने गोष्ठि सफलतापूर्वक वालिङ नगपालिकाको सभाहलमा सु-सम्पन्न भएको भएको थियो । उक्त गोष्ठिमा प्रशिक्षको रुपमा क्यान महासंघ नेपालका केन्द्रिय सदस्य डा. अभिजित गुप्ताले प्रशिक्षण दिनुभएको थियो भने कार्यक्रमा वालिङ नगरपालिकाका संस्थापक मेयर श्री भोजराज अर्यालज्यूको प्रमुख आतिथ्यता र क्यान महासंघ स्याङ्जाका अध्यक्ष देव बोगटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
